काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दिल्लीमा आएर आफू नेपालमा राजतन्त्रको पक्षमा नरहेको कुरा गर्नुभएको भन्ने आफ्नै भनाइको खण्डन गरेका छन् ।
काठमाडाैँमा आयोजित एक कार्यक्रममा आफूले यसअघिको कार्यक्रममा गलत सूचनाका कारण उत्तरप्रदेशका मुख्यमन्त्री दिल्लीमा रहेको नेपाली दुतावासमा आएर आफू नेपालमा राजतन्त्रको पक्षमा नरहेको कुरा बताउनुभएको भनेको भन्दै आफ्नै भनाइको खण्डन गरेका हुन् ।
केही दिनअघि एक सार्वजनिक कार्यक्रममा सभापति देउवाले उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ दिल्लीमा रहेको नेपाली दुतावास गएर आफू नेपालमा राजतन्त्रको पक्षमा नरहेको बताएका थिए ।
सभापति देउवाले मुख्यमन्त्री आदित्यनाथ दुतावास नआउनुभएको र भारतका लागि नेपाली राजदुत शंकरप्रसाद शर्माले मुख्यमन्त्रीलाई भेट्दा त्यो कुरा बताउनुभएको उल्लेख गरे ।