२०८३ वैशाख २५ , शुक्रबार

सुर्खेतको नयाँगाउँबाट लागुऔषधसहित तीन जना पक्राउ



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरेन्द्रनगर नगरपालिका–१० स्थित नयाँगाउँबाट लागूऔषध ट्रामाडोलसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कालिकोटको रास्कोट नगरपालिका – ५ का १८ वर्षीया सुनिल शाही, तिलागुफा नगरपालिका–३ का नवराज बोहोरा र दैलेखको चामुण्डाविन्द्राशैनी नगरपालिका –४ का दिनेश विष्ट रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहनजंग बुढथापाले खबरदृष्टिलाई जानकारी दिए ।

उनकाअनुसार उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण शाखाबाट खटिएको संयुक्त प्रहरीको टोलीले गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो । शंकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा उनीहरुको साथबाट १ सय ६३ ट्याब्लेट लागूऔषध ट्रामाडोल फेला पारेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ असार १० गते मंगलबार