जुम्लाबाट अफिम होइन स्याउ आउँछ, गाडीलाई अनावश्यक चेकजाँच गरेर दुःख नदिनु : सांसद शाही

खबर दृष्टि
खबरदृष्टि संवाददाता १८ भाद्र २०८२, बुधबार १४:२९

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले जुम्लाबाट ल्याएको गाडीलाई कतै पनि चेक नगर्न गृहमन्त्रीसँग आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा आफ्ना कुरा राख्दै उनले ठाउँठाउँमा स्याउका गाडी रोकेर किसानसँग एक सय रुपैयाँ घुस लिने गरेको पाइएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराए ।

उनले भने, ‘जुम्लाबाट अफिम होइन स्याउ आउँछ, अनावश्यक चेकजाँच गरेर दुःख नदिइयोस्।’ उनले जुम्लाबाट आउने बाटो चार दिनदेखि बन्द गरेकाले बाटो निर्माणका लागि तदारुकता देखाउन भौतिक पूर्वाधारमन्त्रीसँग अनुरोध गरे । साथै केही महिना विदेशी स्याउको आयातलाई रोख्नसमेत सरकारसँग आग्रह गरे।

शाहीले विदेशी स्याउको कारण जुम्लाको स्याउले बजार नपाएको भन्दै जुम्लाको स्याउ खरिद गर्न सांसद र आमसर्वसाधारणलाई आग्रह गरे । जुम्लाको स्याउ अर्गानिक र विषादीरहित भएकाले जुम्लाको स्याउ खान अनुरोध गरे ।

Next Post

कर्णाली राजमार्गमा प्रत्येक वर्ष पहिरो र धुलोको समस्या

१८ भाद्र २०८२, बुधबार १४:२९
  सुर्खेत । कर्णाली राजमार्ग सञ्चालनमा आएको झन्डै दुई दशक बित्न लाग्यो । तर कर्णालीवासीका लागि यो राजमार्ग अझै सुरक्षित जीवनरेखा बन्न सकेको छैन । यसको नामै ‘मृत्यु मार्ग’ भनेर चिनिनु कर्णालीको पीडाको साक्षी बनेको छ । यो राजमार्ग जुम्ला, हुम्ला, कालिकोट, डोल्पा र मुगु गरी पाँच हिमाली जिल्लालाई प्रदेश […]
September 2025
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
2930