कक्षा १२ को रोकिएको परीक्षा असोज ७ र ८ गते हुने

खबर दृष्टि
खबरदृष्टि संवाददाता १ आश्विन २०८२, बुधबार ०९:१८

काठमाडौँ । कक्षा १२ को स्थगित मौका (पूरक) परीक्षा आउँदाे असोज ७ गते मङ्गलवार र ८ गते बुधवार हुने भएको छ । मौका परीक्षाको नयाँ तालिका आज सार्वजनिक गरिएको छ । यसअघि गएको भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेन–जी आन्दोलनका कारण स्थगित गरिएको थियो ।

राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा ११ र १२ ले संशोधित नयाँ तालिका सार्वजनिक गरी परीक्षा यही असोज ७ र ८ गतेका लागि तोकिएको जनाएको छ । ७ गते अनिवार्य अङ्ग्रेजी (००४१), एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीका सबै विषय, दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयहरूमध्येको सानो कोड भएको विषयको परीक्षा हुने छ । तर, अनिवार्य अङ्ग्रेजी र नेपाली दुवै विषयको परीक्षा दिने परीक्षार्थीले पहिले दिन अङ्ग्रेजी र दोस्रोदिन नेपालीको परीक्षा दिनुपर्नेछ ।

बोर्डका अनुुसार असोज ८ गते दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयहरू मध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ । यो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भने सञ्चालन हुने छैन । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने सूचनामा उल्लेख छ ।

Next Post

जेन-जी आन्दोलनमा कर्णालीमा कति भयो भौतिक क्षति ?

१ आश्विन २०८२, बुधबार ०९:१८
सुर्खेत । गत भदौ २३ र २४ गते देशभर भएको जेन–जी आन्दोलनले कर्णाली प्रदेशका तीन जिल्लामा सरकारी तथा निजी भौतिक संरचना ठुलो मात्रामा ध्वस्त पारेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार आन्दोलनका क्रममा सुर्खेत, जुम्ला र मुगुमा गरी जम्मा ५२ वटा भवनमा क्षति पुगेको छ। प्रहरीको विवरणअनुसार सुर्खेतमा ४४, जुम्लामा […]
October 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031