काठमाडौं। गत २३ र २४ भदौमा भएको घटनाबारे सत्यतथ्य पत्ता लगाउन गठन गरिएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग बयान लिएको छ। आइतबार भक्तपुरको गुन्डुस्थित निवासमै पुगेर जाँचबुझ आयोगको टोलीले ओलीको लिखित रूपमा बयान लिएको हो ।
आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार ओलीलाई गत भदौ २३ को आन्दोलनमा निर्वाह गरेको भूमिका र भदौ २४ को घटनाको विषयमा केन्द्रित रहेर लिखित रूपमा प्रश्न सोधिएको छ । करिब ५० वटा प्रश्न बनाएर आयोगले ओलीलाई लिखित रूपमा प्रश्न सोधेको प्रवक्ता विज्ञानराज शर्माले बताए ।
‘पूर्वप्रधानमन्त्री ओलीको निवासमा आयोगको टोली पुगेर बयान लिएको हो‚’ प्रवक्ता शर्माले भने‚ ‘आयोगलाई चाहिएको कुरा लियौँ।’ ओलीले आयोगमा बयान दिन नजाने अडान लिएपछि उनकै निवासमा पुगेर बयान लिइएको हो।
प्रकाशित मिति : २०८२ पुस २० गते आइतबार