
सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य रविकिरण हमालले सुर्खेत–१ बाट आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् ।आज दिउँसो १:३० बजे निर्वाचन क्षेत्रको निर्वाचन अधिकृत कार्यालयमा पुगेर हमालले आफ्नो मनोनयन दर्ता गराएका हुन् ।
उनको उम्मेदवारीमा लक्ष्मीप्रसाद शर्मा प्रस्तावक र बबिसरा राजि समर्थक रहेका छन् । उम्मेदवारी दर्ताका क्रममा उनका समर्थकहरूले नाराबाजी गर्दै ‘रविकिरण हमाल जिन्दाबाद’ लगायतका नारा लगाएका थिए । हमालले चौथो नम्बरमा उम्मेदवारी दर्ता गरेका हुन् ।
उनीभन्दा अगाडि नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र नेकपा माओवादीका उम्मेदवारहरूले मनोनयन दर्ता गरिसकेका छन् । देशभर प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता कार्यक्रम आज बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्मका लागि तय गरिएको छ ।