२०८२ फागुन १ , शुक्रबार

सुर्खेत–१ मा एमालेबाट ध्रुवकुमार शाहीको उम्मेदवारी दर्ता



सुर्खेत । सुर्खेत–१ मा एमालेबाट ध्रुवकुमार शाहीको उम्मेदवारी दर्ता सुर्खेत । सुर्खेत–१ प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेबाट ध्रुवकुमार शाहीले उम्मेदवारी दर्ता गराएका छन् ।

गुर्भाकोटस्थित मेहेलकुना निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शाहीले आफ्नो मनोनयन दर्ता गराएका हुन् । उनको उम्मेदवारीमा खड्कबहादुर खत्री प्रस्तावक र ससीराम भट्टराई समर्थक रहेका छन् ।

शाही नेकपा एमाले प्रदेश कमिटीका सचिवसमेत हुन् । उनी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार पुर्णबहादुर खड्कालाई पराजित गर्दै विजयी भएका थिए । यस्तै २०७९ सालको निर्वाचनमा भने शाही तिनै कांग्रेसका उम्मेदवार खड्कासँग पराजित भएका थिए ।

प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार