जाजरकोट। नेपाली कांग्रेस जाजरकोटका उम्मेद्वार खडक बुढाले गोली हानेर बालबच्चा र युवाहरूलाई मार्ने नेतृत्व नभई जनताको दुःख-सुखमा साथ दिने नेतृत्व चाहेको बताएका छन्।
आइतबार जाजरकोटका भेरी नगरपालिकाका विभिन्न स्थानमा घरदैलो अभियानका क्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले कांग्रेस पार्टी एकताबद्ध रहेको र यसअघि निर्वाचित नेताहरूले झुटा आश्वासन देखाएर भोट माग्ने तर जनताको आवश्यकताअनुसार विकास नगरेको आरोप लगाए। उम्मेदवार बुढाले विकास आवश्यकताका आधारमा हुनुपर्ने भए पनि यसअघिका सांसदले जनतालाई झुक्काउने काम मात्रै गरेको बताए।
उनले आफू आश्वासन देखाएर मत नमाग्ने स्पष्ट पार्दै सबै पुस्तालाई समेट्ने उद्देश्यसहित आफु राजनीतिमा आएको कताए। ‘जनताका समस्या बुझेको मान्छे सत्तामा नपुग्दा समस्या ज्यूँका त्यूँ छन्,’ उनले भने, ‘मैले जनताका समस्याहरू बुझिरहेको छु। ती आधारभूत आवश्यकताहरू पूरा गर्न मेरो मुख्य दायित्व रहने छ।,’ उनले यसअघि जाजरकोटबाट निर्वाचित सांसद मन्त्री बने पनि जनताका वास्तविक काम नगरेको आरोप लगाए। आफू युवा भएकै कारण अन्य पार्टीका मतदाताहरूले समेत विश्वास गरेको र धेरै मतदाताहरू आफुलाई मत दिन आतुर भएको दाबी गरे।
बुढाले भोटलाई चकलेट वा बाख्रा किनेझैँ किनबेच गर्नु गलत भएको उल्लेख गर्दै अन्य दलका समर्थकहरूलाई समेत कांग्रेसलाई भोट दिन आग्रह गरे। ‘जाजरकोटका तमाम समस्या समाधान गर्न म प्रतिबद्ध छु,’ उनले भने, तर त्यसका लागि जनताको साथ आवश्यक छ। मलाई विश्वास छ यहाँहरूले अमुल्य मत दिनुहुनेछ।त्यो मत र जाजरकोटको शीर झुक्न दिने छैन।,’ घरदैलो अभियानका क्रममा जाजरकोटका सबै स्थानमा कांग्रेसको पक्षमा जनलहर देखिएको उनको भनाइ छ।
