२०८३ वैशाख ४ , शुक्रबार

चुली युवा कपको उपाधि रुकुम पश्चिमको पोल्टामा



सुर्खेत । वीरेन्द्रनगरमा भएको कर्णाली प्रदेश स्तरीय दोस्रो चुली युवा कप प्रतियोगिताको उपाधी रुकुम पश्चिमले हातमा परेको छ । शुक्रवार भएको फाइनल खेलमा आयोजक क्लव चुलीलाई हराउँदै रुकुमपश्चिमले उपाधी जितेको हो । फाइनलमा चुलीले पहिलो एक सेट जित्दा रुकुम पश्चिमले लगातार तीन सेट जितेर उपाधि जितेको हो । फाइनल खेलमा चुलीले पहिलो एक सेट जित्दा रुकुम पश्चिमले लगातार तीन सेट जितेर उपाधी जितेको छ । उपाधी जितेपछि रुकुमपश्चिमले नगद दुई लाख २० हजार र ट्रर्फी पाएको छ । उपविजेता बनेको आयोजक क्लवले एक लाख ५० हजार र ट्रर्फी पाएको आयोजक संस्था चुली युवा क्लबका अध्यक्ष मोतिराम रम्तेलले जानकारी दिए ।

उनका अनुसार तेस्रो भएको सल्यानले ७५ हजार, र चौथो भएको एपीएफ कर्णालीले पचास हजार नगद पुरस्कार र ट्रर्फी पाएका छन् । यस्तै, महिलातर्फ भएको भलिबल प्रतियोगितामा एभरेष्ट क्लव बुटवलले उपाधी जित्न सफल भएको छ । एभरेष्टले नगद एक लाख ५० हजार र ट्रफी पाएको छ भने उप–विजेता डाइमण्ड क्लव काठमाडौंले नगद ८० हजार र ट्रर्फी पाएको अध्यक्ष रम्तेलले जानकारी दिए । यस्तै तेस्रो भएको आयोजक क्लव चुलीले नगद ५० हजार, र चौथो भएको सल्यानले ३० हजार नगद र ट्रफी पाएको छ । यहीँ फागुन ११ गतेबाट भएको प्रतियोगितामा पुरुषतर्फ देशभरका १६ र महिलातर्फ १२ क्लवले सहभागीता जनाएका थिए । आयोजकका अनुसार कर्णाली प्रदेशमा आयोजना भएका यो प्रतियोगितो हालसम्मकै सबैभन्दा ठूलो पुरस्कार राशि हो ।

प्रकाशित मिति : २०७९ फागुन १९ गते शुक्रबार