कैलाली । संविधान दिवसको अवसरमा एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले कैलालीको अत्तरियास्थित बनदेवी महिला सामुदायिक वन उपभोक्ता समूह ९बनदेवी पार्क० परिसरमा सामूहिक वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
“हरियाली प्रवर्द्धन, सुरक्षित जीवन स् एनएमबी लघुवित्तको अभियान” भन्ने मूल नाराका साथ २०८३ असोज ३ गते शनिबार आयोजित कार्यक्रममा एनएमबी लघुवित्तका विभिन्न शाखाका कर्मचारी, समूह सदस्य तथा स्थानीयवासी गरी करिब ३५ जनाको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमको सभापतित्व एनएमबी लघुवित्तका प्रदेश प्रमुख श्री राजेन्द्रबहादुर खड्काले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा बनदेवी महिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षको उपस्थिति रहेको थियो। कार्यक्रममा धनगढी, गोदावरी, लालपुर, चाँदनी–दोधारा र सडेपानी शाखा कार्यालयका कर्मचारी तथा समूह सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख राजेन्द्रबहादुर खड्काले वृक्षारोपण कार्यक्रमको उद्देश्य र यसको दीर्घकालीन महत्वबारे प्रकाश पार्नुभएको थियो। उहाँले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन र सुरक्षित जीवन निर्माणका लागि वृक्षारोपणलाई संस्थाको सामाजिक उत्तरदायित्वसँग जोडेर अघि बढाइएको बताउनुभयो। साथै, रोपिएका बिरुवाको संरक्षण र संवर्द्धनमा समेत सबैको साझा भूमिका आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो।
त्यस्तै, प्रमुख अतिथिले एनएमबी लघुवित्तले समुदायको आर्थिक तथा सामाजिक विकासका क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै संस्थाले सञ्चालन गर्दै आएका समग्र वित्तीय सेवा, सामाजिक उत्तरदायित्व तथा समुदायकेन्द्रित गतिविधिहरू सकारात्मक रहेको बताउनुभयो। उहाँले आगामी दिनमा पनि स्थानीय समुदायसँगको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
वृक्षारोपण कार्यक्रममा सहभागीहरूले विभिन्न प्रजातिका बिरुवा रोप्नुका साथै वातावरण संरक्षण केवल एकदिने कार्यक्रम नभई निरन्तरको साझा जिम्मेवारी भएको धारणा व्यक्त गरेका थिए। संविधान दिवसको अवसरमा आयोजित उक्त कार्यक्रमले राष्ट्रप्रतिको जिम्मेवारीसँगै प्रकृति र वातावरणप्रतिको दायित्वलाई पनि उजागर गरेको सहभागीहरूको भनाइ थियो। कार्यक्रममा एनएमबी लघुवित्त सडेपानी क्षेत्रका क्षेत्रीय प्रबन्धक श्री बेगबहादुर वलीले सञ्चालन तथा सहजीकरण गर्नुभएको थियो।
एनएमबी लघुवित्तले वित्तीय सेवाको पहुँच विस्तारसँगै सामाजिक उत्तरदायित्व, वातावरण संरक्षण, समुदाय सशक्तीकरण र दिगो विकासमा योगदान पुर्याउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। संविधान दिवसको अवसरमा सम्पन्न यस वृक्षारोपण कार्यक्रमले “हरियाली आजको आवश्यकता मात्र होइन, सुरक्षित भविष्यको आधार हो” भन्ने सन्देशसमेत प्रवाह गरेको छ।
एनएमबी लघुवित्त स् वित्तीय सेवासँगै सामाजिक उत्तरदायित्वमा पनि प्रतिबद्ध।