२०८३ वैशाख २६ , शनिबार

कर्णालीमा स्ववियु निर्वाचनमा सहकार्य गरेर जान गठबन्धनको निर्देशन



सुर्खेत । सत्तारुढ गठबन्धनको प्रदेशस्तरीय बैठकले चैत पाँच गते हुने स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनमा सत्तारुढ गठबन्धन निकटका विद्यार्थीहरुलाई सहकार्य गर्न निर्देशन दिएको छ । आइतबार वीरेन्द्रनगरमा बसेको बैठकले स्ववियु निर्वाचनमा सत्तारुढ गठबन्धन निकटका विद्यार्थीहरुलाई सहकार्य गर्न निर्देशन दिएको हो । स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन लगायतका सत्तारुढ गठबन्धन दलका भातृ संगठनबीच सहकार्य गरेर जान निर्देशन दिइएको निर्देशन दिएको माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन् ।

अध्यक्ष केसीका अनुसार आआफना संगठनका तर्फबाट उम्मेदवार घोषणा गरिररहेका बेला कर्णाली प्रदेशमा सत्तारुढ गठबन्धनको तर्फबाट संयुक्त उम्मेदवारी दिन विद्यार्थीलाइ निर्देशन दिईएको हो । आइतबार नै मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु निर्वाचनका लागि विद्यार्थी सङ्गठनले क्याम्पसमा नाम दर्ता गराएका छन् । ती विद्यार्थी सङ्गठनले छुट्टाछुट्टै संठनको नाम दर्ता गराएका हुन् ।

प्रकाशित मिति : २०७९ फागुन २२ गते सोमबार