२०८३ वैशाख २७ , आइतबार

उपराष्ट्रपतिमा ४ जनाको उम्मेदवारी : सत्ता गठबन्धनबाटै तीन जना



काठमाडौं । उपराष्ट्रपति पदमा चारजनाको उम्मेदवारी दर्ता भएको छ । जसमा आठदलीय गठबन्धनको तर्फबाट एकल उम्मेदवारी नभएपछि तीनजनाको उम्मेदवारी परेको छ ।गठबन्धनमा रहेको जनता समाजवादी पार्टी जसपाबाटै दुईजनाको उमेदवारी परेको छ । उमेदवारी खारेज हुनसक्ने अवस्था भएकाले दुई उम्मेदवारी रहेका बताइएको छ। जसपाबाट नेतृ प्रमिला यादव र नेता राम सहायप्रसाद यादवको उम्मेदवारी परेको छ ।

यस्तै, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्यले उमेदवारी दिएकी छन् भने जनमत पार्टीबाट ममता झाले उम्मेदवारी दर्ता गरेकी छन् ।राष्ट्रपति चुनावमा एकमत देखिएको आठदलीय गठबन्धन उपराष्ट्रपति चुनावमा भने एक भएन । निर्वाचन आयोगको निर्णय र प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्तिले गठबन्धन सशंकित देखिएको छ । उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयले उमेदवारी दर्ताको समय आज बिहान ९ बजेदेखि २ बजेसम्म तोकेको थियो ।

प्रकाशित मिति : २०७९ फागुन २७ गते शनिबार