काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा जाने निर्णय गरेको छ । संघीय संसद भुवनको शंकर हलमा आज विहान बसेको कार्यसम्पादन समितिको बैठकले भोली प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा जाने निर्णय गरेको हो । कांग्रेस सरकारमा जाने निर्णयसँगै संसदमा सत्ता पक्षको कुर्सीमा बस्ने भएको छ ।
सरकारमा सहभागी हुने निर्णय गरेपनि कसको नेतृत्वमा जाने र कसलाई मन्त्री बनाउने तय हुन बाँकी छ । यसअघि संसदमा कांग्रेस र एमालेले प्रमुख प्रतिपक्षी दाबी गर्दा संसद बैठक प्रभावित भएको थियो । गत पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए पनि कांग्रेस प्रतिपक्षमै बसेको थियो । एउटै कार्यकालमा प्रधानमन्त्री दाहाललाई कांग्रेसले विश्वासको मत दिन लागेको यो दोस्रो पटक हो ।
प्रकाशित मिति : २०७९ चैत ५ गते आइतबार