
काठमाडौं । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ । केन्द्रमा नयाँ गठबन्धन बनेपछि लुम्बिनी सरकारबाट माओवादी बाहिरिएको हो ।आइतबार माओवादीबाट मन्त्री बनेका तीनै जनाले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएका छन् ।
लुम्बिनी सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी तीन जना सहभागी थिए । गत पुस २७ मा एमाले संसदीय दलका नेता गिरी मुख्यमन्त्री नियुक्त भएका थिए । उनले माघ ५ गते विश्वासको मत लिएका थिए। उनलाई ५८ जना सांसदले विश्वासको मत दिएको थियो । लुम्बिनी प्रदेश सभामा ८७ सांसद छन् ।
प्रकाशित मिति : २०७९ चैत १२ गते आइतबार