हुम्लामा चार दिनदेखि हवाई सेवा अवरुद्ध

खबरदृष्टि सम्वाददाता २० बैशाख २०८०, बुधबार २०:४२

हुम्ला । हिमाली जिल्ला हुम्लामा चार दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ । शनिबार रातिदेखि मौसम खराब हुँदा हवाई सेवा अवरुद्ध भएको हो । नेपालगन्ज र सुर्खेतबाट नियमित उडान भर्ने निजी जहाजले मौसम खराबीका कारण उडान भर्न नसकेका हुन् ।

 

हुम्लालाई अन्तरजिल्ला जोड्ने एक मात्र माध्यम हवाई सेवा भएपनि जिल्लाको मौसम बिग्रिँदा नेपालगन्ज र सुर्खेतदेखि जिल्लाका लागि कुनै उडान भएको छैन । शनिबार रातिबाट जिल्लाको मौसममा फेरबदल भई पानी परेपछि तीन दिनबाट सिमकोट विमानस्थलमा नेपालगन्ज र सुर्खेतबाट हवाई सेवा हुन नसकेको सिमकोट विमानस्थलका प्रमुख मोहन गिरीले जानकारी दिए ।

 

त्यस्तै हुम्लादेखि नेपालगन्ज र सुर्खेत जाने यात्रु पनि सिमकोटमै रोकिएका छन् । नेपालगन्जबाट हुम्लाका लागि तारा, समिट, सिता र नेपाल एयरलाइन्सका जहाजले उडान भर्दै आएका थिए । हुम्लाको मौसम बिग्रिएकाले नेपालगन्जबाट सिमकोटका लागि हवाई उडान नहुँदा दैनिक उपभोग्य सामग्री समेत ढुवानी हुन रोकिएको छ ।

Next Post

रुकुम कप भलिबल : सुर्खेत, रुकुम र बाँफिकोट विजयी

२० बैशाख २०८०, बुधबार २०:४२
रुकुमपश्चिम । सर्वाधिक पुरस्कार राशिको रुकुम कप भलिबल प्रतियोगितामा बुधवार तीन खेल भएका छन् । बुधवारको खेलमा आयोजक रुकुम पश्चिम, सुर्खेत र रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका विजयी भएका छन् ।   पहिलो खेलमा रुकुम पश्चिमले विभागीय टोली सशस्त्र प्रहरी (एपिएफ)लाई ३–२ को सेटमा पराजित गर्दै बिजयी बनेको छ । निकै […]
January 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031