२०८३ वैशाख २७ , आइतबार

जन्मोत्सवको अवसरमा कम्प्युटर तथा अङ्ग्रेजी शिक्षा निशुल्क



इन्फोस टेक्निकल एजुकेशन सेन्टरका निर्देशक खुम बहादुर बिक

सुर्खेत । गुर्भाकोटमा एक जनाले जन्मदिनको अवसरमा तीन जना बालबालिकाहरुलाई निशुल्क तीन महिने कम्प्युटर तालिम र अग्रेजी भाषा प्रदान गर्ने घोषणा गरेका छन् ।

 

गुर्भाकोट नगरपालिका वडा न.२ मा संचालित इन्फोस टेक्निकल एजुकेशन सेन्टरका निर्देशक खुम बहादुर बिकले आफ्नो ३५ औँ जन्मोत्सव अवसरमा तीन जना बालबालिकाहरुका लागि तीन महिने प्री अङ्ग्रेजी कक्षा र प्री कम्प्युटर तालिम निशुल्क प्रदान गर्ने घोषणा गरेका हुन् ।

 

उनले जन्मोत्सव, विवाह जस्ता अनेक कार्यक्रममा गरिने फजुल खर्चलाई कटाएर इन्सिच्युटमा अध्ययनरत विद्यार्थीहरुलाई आधुनिक शिक्षा आर्जनका लागि तीन जना विद्यार्थीलाई तीन महिने अङ्ग्रेजी भाषा र कम्प्युटर तालिम दिने घोषणा गरेको जानकारी दिए ।

 

उनले अति बिपन्न र जेहेन्दार १२ बर्ष भन्दा मुनिका सरकारी विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई निशुल्क तालिम प्रदान गर्ने जानकारी दिए ।

 

साथै इच्छुक बिपन्न परिवारका जेहेन्दार विद्यार्थीलाई सो अबसरका लागि इन्फोस टेक्निकल एजुकेशन सेन्टरको कार्यालयमा पुगि निवेदन पेश गरेर संकलन निबेदनहरुबाट छनोट गरि ३ जना विद्यार्थीहरुलाई ३ महिना सम्म सो कक्षा निशुल्क दिईने छ ।

 

संस्थाले हाल एसईई दिएर बसेका विद्यार्थीहरुका लागि कम्प्युटर कक्षामा २० प्रतिशत छुट र १ महिना सम्मका लागि अङ्ग्रेजी भाषा निशुल्कको व्यवस्था समेत गरेको छ ।

 

यस इन्सिच्युटले विगत ७ बर्षदेखि गुणस्तरीय कम्प्युटर तालिम तथा अङ्ग्रेजी भाषा कक्षा सञ्चालन गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २०८० वैशाख २४ गते आइतबार