भारत । भारतको नयाँ दिल्लीमा एक जना महिलाले आफ्नै सासुको हत्या गरेकी छन् । वृद्धाश्रम जान नमानेको भन्दै ४८ वर्षकी सरमिस्ठा सोमले आफ्नी ८६ वर्षकी सासु हर्षी सोमको कुटपिट गरेर हत्या गरेको दिल्ली प्रहरीले जनाएको हो ।
दिल्ली प्रहरीका अनुसार गत अप्रिल २८ मा हर्षीको शव नेब सराईस्थित अपार्टमेन्टमा भेटिएको थियो । उनको अनुहार र टाउकोमा गम्भीर चोट देखिएको छ ।
हर्षीका छोरा ५१ वर्षीय सुर्जित सोमले आफ्नी आमाको हत्या भएको भन्दै फोन गरेका थिए । अनुसन्धानका क्रममा सोमकी बुहारी सुर्जितकी पत्नी सरमिस्ठा दोषी देखिएकी हुन् ।
बुहारी सरमिस्ठाले वृद्ध सासुलाई हेरचाह गर्दा आफू वाक्क र दिक्क भएका कारण वृद्धाश्रममा पठाउने निधो गरेको बयान दिएकी छन् । वृद्धाश्रम जान नमानेपछि सासुलाई हत्या गरेको पनि बुहारी सरमिस्ठाले स्वीकार गरेको प्रहरीले बताएको छ।
प्रकाशित मिति : २०८० वैशाख २८ गते बिहीबार