२०८३ वैशाख २६ , शनिबार

कर्णालीका मन्त्री दल रावल प्रचण्ड खेमामा लागेको भन्दै सू्र्य थापाले जनाए असन्तुष्टि

काठमाडौ र सुर्खेतमा खुशी मनाउनेहरू छिट्टै निराश बन्नुपर्ने


सुर्खेत २३ पौष

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दुर्गम जिल्ला हुम्लाका जनसमुदाय प्रधानमन्त्री केपी शर्मा ओलीको साथमा रहेको दाबी गरेका छन् ।
उनले कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल प्रचण्ड पथमा सामेल भएकोप्रती आक्रोश व्यक्त गर्दै काठमाडौ र सुर्खेतमा खुशी मनाउनेहरू छिट्टै निराश बन्नुपर्ने उल्लेख गरेका छन् ।

थापाले कर्णाली प्रदेशका अध्यक्ष गोरखवहादुर वोगटी बाजुरा हुँदै हुम्ला प्रवेश गरेको र उनको नेतृत्वमा जिल्लामा २२ गते ताजकोट र २३ गते अदानचुलीमा उत्साहजनक कार्यक्रम सम्पन्न गरेको वताएका छन् ।

टोलीमा जिल्ला नेताहरू दल फडेरा, रूपा शाही, मेहले पार्की, कमल बोहरा, हस्त रावत, नवराज महतारासहितका नेताहरूको टोलीले ग्रामीण हुम्लाका जनताको माझमा सक्रिय भएको र उनीहरूले सही विचार, नेतृत्व र राजनीतिक निर्णयको फैसलाप्रति जनतालाई जागृत र प्रशिक्षित गरिरहेको उल्लेख गरेका छन्।
थापाले नेताहरूको टोलीले २५ गते चङ्खेली र २७ गते सर्केघाटका अगुवा कार्यकर्ता भेलाहरू गर्दै खार्पुनाथ र सदरमुकाम सिमिकोट पुग्ने योजनामा रहेको खुलासा गरेका छन्। हिमाली क्षेत्रको नाम्खाचाहिं हिमपातको अवस्था हेरेर मात्रै पुग्ने नपुग्ने निर्णय गरिने जानकारी गराएका छन् ।

कर्णाली प्रदेशको भूगोलको वारेमा समेत राम्रो जानकारी राख्ने थापाले कोल्टीबाट १५ सदस्यीय टोली नवनिर्मित सडकमार्ग भएर कार्यक्रम आयोजना गरिरहेको र उक्त टोली बालुकुनासम्म सडकमार्ग बाटै पुग्ने उल्लेख गरेका छन् । उनले त्यहाँबाट ५ घण्टा पैदल हिंडेर चङ्खेलीको पिप्लाङ र ६ घण्टा पुनः हिंडेर सर्केघाट र १ दिन हिडेर टोली खार्पुनाथ पुग्ने वताएका छन् ।

केपी ओली सरकार गठन भएदेखि विकासले गति लिएको संकेत गर्दै हुम्लामा भएको विकास यसैको उदाहरण भएको उल्लेख गरेका छन् । उनले खार्पुनाथबाट सिमिकोटसम्म स्थानीय सडकवाट मोटर चढेर सिमिकोट पुग्न सकिने गरि विकास निर्माणका काम भएको वताए ।

सामाजिक विकास मन्त्री केपी ओली टिमवाट मन्त्री वनेको र पछि धोका दिएर प्रचण्ड खेमामा प्रवेश गरेको प्रती उनले फेसवुक स्टाटस मात्रै विरोध जनाएका छन् । मन्त्री रावलले धोका र विश्वासघात गरेको भन्दै यसलाई चिर्दै जनताको समर्थन निरन्तर कायम गर्न कष्टकर अभियानमा सक्रिय केन्द्रीय सदस्य वोगटी लगायतका नेताहरुको कामको उच्च प्रशंसा समेत गरेका छन् ।

प्रकाशित मिति : २०७७ पुस २३ गते बिहीबार