२०८३ वैशाख २७ , आइतबार

उडिरहेको जहाजमा यात्रुले ‘आकस्मिक ढोका’ खोलेपछि…..



काठमाडौँ । केही दिनयता सामाजिक सञ्जालमा उडिरहेको जहाजमा एक यात्रुले ‘आकस्मिक ढोका’ खोलेपछि जहाजभित्रका अरुले पाएको दुस्खको भिडि‌ओ सामाजिक सञ्जालमा देखिइरहेको छ। जहाँ, वेगले आएको हावाले यात्रुलाई निकै पीडा भएको देख्न सकिन्छ।

घटना दक्षणि कोरियाको हो। शुक्रबार दक्षिण कोरियाको एसियाना एयरलाइन्सको उडानमा एक यात्रुले आकाशमा उडिरहेको विमानको ढोका अचानक खोलिदिए। आकस्मिक ढोका खोलेपछि जहाज खतरनाक स्थितिमा पुगेको थियो।

तर उडान अवतरण हुन २ मिनेट मात्र बाँकी रहेकाले ठूलो क्षति भने भएन। ढोका खुल्दा विमान जमिनबाट २ सय मिटर उचाइमा थियो। विमान सकुशल अवतरण भए पनि धेरै यात्रुलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो। ९ जना यात्रुलाई अस्पताल भर्ना गरिए एसियाना एयरलाइन्सले जनाएको छ।

विमान अवतरणपछि इमर्जेन्सी द्वार खोल्ने यात्रुलाई प्रहरीले पक्राउ गरेको छ। ती यात्रुले केही समयअघि आफूले जागिर गुमाएकाले आफू ‘डिप्रेसन’मा रहेको र त्यही कारण ढोका खोलेको बताएका छन्।

प्रकाशित मिति : २०८० जेठ १६ गते मंगलबार