
सुुर्खेत ११ माघ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुर्खेतको पार्टी कार्यालयमा ताला लागेको छ। पार्टी विभाजन पछि दुवै पक्ष आक्रोशमा रहेको भन्दै पार्टी कार्यालयवाटै गतिविधि जारी राख्दा भिडन्त हुने खतरा देखिएकोले सहमतिमै ताला लगाईएको छ।
गत पौष महिनाको १३ गते सुर्खेत आएका नेकपाका युवा नेता महेश वस्नेत सुर्खेत आएका वेला पार्टी कार्यालयमा केपी पक्षीय जिल्ला नेताहरुले कार्यक्रम गर्न चाहेका थिए।
तर, उक्त कार्यक्रम गर्दा अर्को पक्षले अवरोध गर्न सक्ने र भिडन्तको समेत संभावना देखिएकोले जिल्ला तहमा तत्काल हुने युवा संघको कार्यक्रम रोक्ने र पार्टी विवाद टुंगोमा नपुग्दासम्म भविष्यमा हुने दुवै पक्षका कार्यक्रमहरु रोक्ने सहमति गरेका थिए।
उक्त सहमति पश्चात माधवर प्रचण्ड खेमा नेतृत्वमा रहेको जिल्ला पार्टी कार्यालय र ओली पक्षीय नेता अध्यक्ष रहेको प्रदेश कार्यालयमा दुवै गुटका कार्यक्रम भएका छैनन् भने पार्टी कार्यालयहरु समेत बन्द गरिएको छ।
त्यसलगत्तै दुवै पक्षका दर्जनौ वैठक र छलफल भएपनि पार्टी कार्यालयमा आयोजना गरिएका छैनन् । दुवै पक्षको संयमता र धैर्यताले कुनै दुर्घटना ननिम्तिएको प्रदेश पार्टी कार्यालयका सचिव चूडामणि शर्माले जानकारी दिए।
जिल्ला पार्टी कार्यालयका सचिव अमर चन्द र प्रदेश कार्यालयका सचिव वीरवहादुर वुढा (प्रकाश) लाई पार्टी कार्यालयहरुको साँचो आफ्नो जिम्मामा राख्ने गरि सहमति भएको एक नेताले वताए।
यसवारेमा प्रतिकृया लिन खोज्दा नेकपाका केन्द्रीय सदस्य कुलमणि देवकोटाले आफुलाई जानकारी नभएको भन्दै पन्छिन खोजे भने जिल्ला कमिटी सचिव कृष्ण जिसी जितेन्द्रले पार्टी एकता नटुटिसकेकोले अझै एकतावद्द भएर जान सकिने झिनो आश वाकी रहेको प्रतिकृया दिए। उनले आफ्नै साथीहरू विचमा अनावश्यक लफडा गर्नु वेठिक भएको वताए ।