माघ २०, सल्यान
नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) बनगाड कुपिन्डे नगरपालिकाको वडा नं ९ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
उक्त वडाको स्वारामा आइतुराम रावतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सभा सदस्य गुलावजंग शाहले पार्टी विभाजन केपी ओलीको चाहना विपरीत भएको वताए ।
उनले आगामी बैशाख महिनामा हुने निर्वाचनमा केपी ओली नेतृत्वको पार्टी नेकपाले वहुमत ल्याउने दावी गरे ।
प्रशिक्षण कार्यक्रममा विशिष्ट अतिथि, नेकपा सल्यानका पार्टी अध्यक्ष तथा नगर प्रमुख गोविन्दकुमार पुन, प्रदेश सल्लाहकार परिषद सदस्य तथा बनगाड कुपिन्डे नगरपालिका वडा नं. २ का अध्यक्ष प्रतिमल बुढा, दिप व खडका, जनजाति महासघका केन्द्रीय सदस्य अकबर पुन, नगर कमिटी सदस्यहरु दलबहादुर बस्नेत,ज्योति प्रकाश पुन , अनेरास्ववियुका जिल्ला कमिटी सदस्य पुष्कर विक लगायतले संवोधन गरेका थिए ।