२०८३ वैशाख २८ , सोमबार

अपाङ्गता भएकी एक महिलाद्धारा वीरेन्द्रनगरमा नास्ता पसल सुरु



सुर्खेत । परिलक्षित संस्थाले वीरेन्द्रनगरकी एक जना अपाङ्गता भएकी महिलालाई आर्थिक सहयोग गरेपछि उनले नास्ता पसल सुरु गरेकी छन् । संस्थाले शैक्षिक सहयोग कार्यक्रम अन्तर्गत वीरेन्द्रनगर नगरपालिका वडा नम्बर– २ की पार्वती गौतमलाई खुद्रा तथा नास्ता पसल संचालन गर्नको लागि ४० हजार रकम सहयोग गरेको थियो ।

सोही रकमले पार्वतीले आवश्यक सामान खरिद गरि खुद्रा तथा नास्ता पसल संचालन गरेकी हुन् ।संस्थाले आर्थिक सहयोग गरेपछि उनको र उनको परिवारकोे जिबनयापन गर्न सहज भएको छ ।

यो पनि हेर्नुहोस् – परिलक्षित संस्थाद्धारा सुर्खेतमा बाख्रा र बङ्गुर पालन सम्बन्धी २ दिने तालिम सम्पन्न

पार्वती आफै बाल्यअवस्था देखि नै अपाङ्गता भएको र केही बर्ष काठमाडौँमा बसेर नास्ता पसलमा काम गरेको अनुभब भएकोले उनलाई आर्थिक सहयोग गरिएको परिलक्षित संस्थाका फिल्ड कार्यक्रम अधिकृत राजु लामिछानेले जानकारी दिए ।

पार्वतीको श्रीमानको उपचार गर्दा गर्दा आर्थिक अवस्था नाजुक भएको पछि उनको घरमा निकै समस्या भएको थियो । उनले परिलक्षित संस्थाको आर्थिक सहयोग पाएपछि निकै खुसी भएको र संस्थालाई धन्यवाद ज्ञापन गरेकी छन् ।

प्रकाशित मिति : २०८० असार २९ गते शुक्रबार