२०८३ असोज ४ , आइतबार

बुबा बने काठमाडौंका मेयर बालेन शाह



(फाइल तस्बिरमा बालेन दम्पत्ति)

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पिता बनेका छन्। मेयर शाहकी पत्नी सविना काफ्लेले छोरीलाई जन्म दिएकी हुन्। विवाह गरेको पाँच वर्षपछि बालेन र उनकी पत्नी सविना काफ्ले पहिलो चोटि बुवा-आमा बनेका हुन्।

सविनालाई हिजो राति अस्पताल लगिएको थियो। सविना चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि बालेनले फेसबुकमा आक्रोश पोखेका थिए। मेयर शाहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई चोरको संज्ञा दिँदै सिंहदरबार जलाउने धम्की दिएका थिए।

‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार १,’ मेयर शाहले सामाजिक सञ्जालमा लेखेका थिए।

हिजो राति ९ बजेतिर बालकुमारीबाट कोटेश्वरतिर तीव्र रफ्तारमा गएको सरकारी नम्बर प्लेटको गाडी ड्युटीमा रहेका ट्राफिक प्रहरीले रोकेर बिदाको दिन सरकारी गाडी चलाउने अनुमतिपत्र माग्दै केहीबेर रोकेका थिए।

यो पनि हर्नुहोस् ।

सिंहदरबारमा आगो लगाइदिने बालेन शाहको धम्की

प्रकाशित मिति : २०८० भदौ १७ गते आइतबार