सरकारमा रहेका पार्टी र प्रधानमन्त्रीले निराश बाँडेका छन् : नेता कँडेल

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता १४ मंसिर २०८०, बिहीबार १८:१४

सुर्खेत । नेकपा एमालेका स्थायी कमिटी सदस्य यामलाल कँडेलले सरकारमा रहेको पार्टी र प्रधानमन्त्रीले जनताकामाझ निराशा बाँडिरहेको बताएका छन् । एमाले आठवीसनगर कमिटी दैलेखले आयोजना गरेको बृहत पार्टी कार्यकर्ता भेलामा बोल्दै कँडेलले यस्तो बताएका हुन् ।

एमाले नेता कँडेलले सरकारमा रहेका सबै राजनीतिदल र प्रधानमन्त्री जस्ता व्यक्तिले नै जनतालाई निराशा बनाएको आरोप लगाए । उनले भने, सरकारमा रहेका प्रधानमन्त्रीले जनताका माँझमा निराशा, अराजक फैलाइरहेका छन् । भाषण गर्दा सुर लागेका बेला २ लाख मान्छे जम्मा गरेर सडकमा जान्छु भन्दैछन्। सरकारको कुर्सीमा बस्ने फेरी सडकमा जाने धङधङीको कुरा गर्दा अर्काेले पनि सडकको कुरा गरे के होला ?

साथै नेता कँडेलले द्वन्द्वकाबेला जे भन्दा आफुतिर आकर्षक हुन्छन् त्यसैगरी राज्य वितरण गरे जस्तै अहिले पनि प्रधानमन्त्रीको कुर्सीमा बसेका बेला माओवादीलाई जिताएपछि जातिका आधारमा प्रदेशको नामाकरण गर्छु भन्दा नेपाली काँग्रेस टुलुटुलु हेरेर बसेको बताए । गणतन्त्रकाविरूद्व कानेखुसी नभए शंखघोष गरेर सडकमा उत्रिरहेको बेला सरकार मुकदर्शक बनेर बसेको नेता कँडेलले आरोप लगाए ।

Next Post

भेरिगंगामा परिलक्षित संस्थाको अनुगमन

१४ मंसिर २०८०, बिहीबार १८:१४
सुर्खेत । परिलक्षित संस्थाले सुर्खेतको भेरिगंगा नगरपालिकामा अनुगमन गरेको छ । फेल्म नेपालको सहयोगमा, अपाङ्गता भएका व्यक्तिहरुको लागि शैक्षिक सहयोग कार्यक्रम अन्तर्गत भेरिगंगा नगरपालिकाको उप–प्रमुख धनसरा बोहोराको नेतृत्वमा संस्थाले अनुगमन तथा मूल्यांकन गरिएको हो । जसअन्तर्गत भेरिगंगा–६ का नबिन बिकले परिलक्षित बाट ३ महिने मोवाईल मर्मत तालिम प्राप्त गरि पसल […]
September 2025
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
2930