सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ बस्ने वर्ष ३० का अमृत दमाई रहेका छन् । उनलाई कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध व्युरोबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।
प्रहरीको टोलीले उनलाई चेकजाँच गर्दा उनको साथबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ नापतौल नगरेको ५५ पुडिया लागूऔषध बरामद गरेको छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।