सिम्तामा करेन्ट लागेर एक जनाको मृत्यु

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता ३ पुष २०८०, मंगलवार १८:०५

सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सिम्ता गाउँपालिकाको वडां नम्बर–१ राम्री सामुदायिक वनमा बाख्रालाई घासँ काट्ने क्रममा करेन्ट लागेर जाजरकोटको छेडागाड नगरपालिका–१२ का ६३ वर्षीय बिरु शाहीको मृत्यु भएको हो ।

सोमवार साँझ बाख्रालाई घाँस काट्न कलमको रुखमा गएकोबेला उनको मृत्यु भएको सिम्ता गाउँपालिका–१ का वडाध्यक्ष यामराज शर्माले जानकारी दिए । वडाध्यक्ष शर्माकाअनुसार शाहीको शव हाल पोष्टमार्टमको लागि जिल्ला अस्पताल जाजरकोट लगिएको छ ।

मृतक शाही शिवालय गाउँपालिका–१ छेडाबजारमा आफ्नो छोराको पसलमा आएका थिए । सोही क्रममा छोराका बाख्रालाई घाँस काट्न गएको बेला उनको मृत्यु भएको बुझिएको छ ।

Next Post

पेट्रोल चोरी गर्दा मोटरसाइकलमा आगलागी, दुई जना पक्राउ

३ पुष २०८०, मंगलवार १८:०५
सुर्खेत । सुर्खेतमा मोटरसाइकलबाट पेट्रोल चोरी गर्न खोज्दा आगलागी भएको छ । भेरीगंगा नगरपालिका–४ हर्रे बस्ने २८ वर्षीय क्षितिज श्रेष्ठको भे १० प ८६०८ नम्बरको मोटरसाइकलबाट मंगलबार बिहान पेट्रोल चोरी गर्न खोज्दा आगलागी भएको हो । आगलागीबाट मोटरसाइकल जलेर पूर्णरूपमा नष्ट भएको इलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ । श्रेष्ठको […]

सम्बन्धित समाचार

October 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031