२०८३ जेठ २७ , बुधबार

कर्णालीका सामाजिक विकास मन्त्री हिँडेरै कार्यक्रमस्थलमा पुगेपछि…..



सुर्खेत । गत शुक्रबार ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा दैलेखका २१ वर्षीय सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको घटनाको प्रभाव सुर्खेतमा देखिएको छ । बालकुमारी घटनालाई लिएर शनिबारदेखि सुर्खेतमा निरन्तर आन्दोलन भइरहेको छ ।

आन्दोलनले सुर्खेत तनावग्रस्त बनेको छ । सुर्खेतको वीरेन्द्रनगरमा विरोध प्रदर्शन गरिरहेका पीडित पक्षले आइतबारदेखि सरकारी सवारी साधन चल्नमा रोक लगाएका छन् । सरकारी सवारी साधन पूर्णरुपमा बन्द भएपछि कर्णाली प्रदेशका मन्त्री तथा सरकारी कर्मचारीहरु हिँडेरै कार्यक्रम स्थलमा पुग्ने गरेका छन् ।

सोमबार सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेल हिँडेरै कार्यक्रमस्थल पुगेका छन् । सामाजिक विकास मन्त्री पोखरेल कर्णाली प्रदेश खेलकुद परिषद्को स्थापना दिवसको उपलक्ष्यमा आयोजना गरिएको तेस्रो वार्षिकोत्सव कार्यक्रममा सहभागी हुनका लागि मन्त्रालयबाट हिँडेर कार्यक्रमस्थल पुगेका हुन् ।

सुर्खेतमा आन्दोलन भइरहेको र सरकारी गाडी चल्न नदिने भनेपछि आफू हिँडेरै कार्यक्रमस्थलमा पुगेको उनले बताए । मन्त्री पोखरेल मात्रै नभइ कर्णालीका अधिकांश मन्त्री र कर्मचारीहरूले शुक्रबारदेखि सरकारी गाडी चढ्न पाएका छैनन् ।

प्रकाशित मिति : २०८० पुस १६ गते सोमबार