२०८३ वैशाख ४ , शुक्रबार

पुलिस क्लवका रविन चन्द सर्वोत्कृष्ट खेलाडी घोषित



पुलिस क्लवका रविन चन्द/ तस्वीर सामाजिक सञ्जाल

सुर्खेत । ३४ औं राष्ट्रिय भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी नेपाल पुलिस क्लवका रविन चन्द घोषित भएका छन् । बिहिबार वीरेन्द्रनगरको खुल्लामञ्चमा सम्पन्न ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा खेलाडी छनोट गरिएको हो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी पुलिस क्लवकै चन्द्र कुँवर भए । उदयमान खेलाडी पहल गहतराज ‘टर्की’ घोषित भए भने बेस्ट ब्लकर पुलिसकै रविन नगरकोटी, बेस्ट स्पाइकर एपीएफका हेमन्त मल्ल घोषित भए ।

बेस्ट सर्भर गण्डकीका जीवन सुनार घोषित भए भने बेस्ट लिब्रो पुलिस क्लवका भिम गाह र बेस्ट सेटर पुलिस क्लबकै यम राना मगर घोषित भए । साथै रविनले सर्वोत्कृष्ट खेलाडी वापत पाएको पुरस्कार रकम पुलिसकै पूर्व खेलाडी आयुष्मा पुन मगरलाई प्रदान गर्ने जानकारी दिए । आयुष्माको कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्था भएको र आर्थिक सहयोग आवश्यक परेको हुनाले प्रतियोगिताका दौरान उनको स्वास्थ्य उपचार सहयोगको लागि रकम उठाइएको थियो ।

प्रकाशित मिति : २०८० पुस २६ गते बिहीबार