२०८३ जेठ २६ , मंगलबार

वीरेन्द्रनगरबाट लागुऔषधसहित तीन जना पक्राउ



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट एक जना महिलासहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका वडा नम्बर–४ गैरीटोल बस्ने अविशेक बस्यल, अनिस बस्याल र र एलिना बस्याल रहेका छन् ।
उनीहरुले वडा नम्बर–४ को गौरी टोलमा लागुऔषध कारोबार गरिरहेको गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण व्युरो शाखा कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले जानकारी दिए । उनीहरुको साथबाट दुई ग्राम २० मिलिग्राम लागुऔषध फेला पारेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएकोे छ ।

प्रकाशित मिति : २०८० माघ ५ गते शुक्रबार