२०८३ जेठ २७ , बुधबार

पशु सेवा कार्यालयहरुको प्रगति समिक्षा वीरेन्द्रनगरमा सुरु 



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशका दश जिल्लामा रहेका पशु अस्पताल तथा पशु सेवा कार्यालयहरुको दोस्रो त्रैमासिक तथा अर्धवार्षिक प्रगति समिक्षा गोष्ठी तथा प्रदेश स्तरीय ईपिडिमियोलोजी रिपोर्टिङ्ग कार्यक्रम सुरु भएको छ । पशुपन्छी विकास निर्देशनालय सुर्खेतको आयोजनामा शनिबारबाट उक्त कार्यक्रम सुरु भएको हो ।

कार्यक्रममा जिल्लामा गरेका विभिन्न गतिविधिहरु, उपलब्धि, समस्या, प्रभावकारीता र भावी रणनीतिका विषयमा छलफल भइरहेको छ । १० वटा पशु सेवा केन्द्रका प्रमुखहरुले आफ्नो कार्यक्षेत्रमा पशुपालनको विकासका लागि भएका गतिबिधिहरु प्रस्तुत गरिरहेका छन् ।

कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्मा, पशुपन्छी विकास निर्देशनालयका निर्देशक कृष्ण प्रसाद पंगेनी, दश जिल्लाका पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुखहरु लगायत अन्य व्यक्तिहरूको समेत उपस्थिति रहेको छ ।

प्रकाशित मिति : २०८० माघ ६ गते शनिबार