सुर्खेत । सुर्खेतको बराहतालमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बराहताल गाउँपालिका–५ मा पञ्चपुरीबाट सुर्खेततर्फ आउँदै गरेकोे बा ८१ प ९८४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार बराहताल गाउँपालिका–५ बस्ने १५ वर्षीय चन्द्र बिकको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रकाशित मिति : २०८० माघ ६ गते शनिबार