
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–८ खजुराबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । उनलाई गोप्य सुचनाको आधारमा लागुऔषध नियन्त्रण व्युरो शाखा कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोली खजुराबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापाको पृथ्वीनगर नगरपालिका–३ घर भइ हाल वीरेन्द्रनगर–१२ नेवारे बस्ने वर्ष १९ का अनमोल लामा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रहरीले शंकास्पद रुपमा उभिईरहेका उनको शरिर खानतलासी गर्दा शुद्ध २ दुई ग्राम ६ सय ५० मिलिग्राम लागुऔषध ब्राउनसगुर जस्तो धुलो पदार्थ फेलापारी बरामद गरेको छ । लामालाई अनुसन्धानका लागि हाल जिल्ला प्ररही कार्यालयमा ल्याई अनुसन्धान भईरहको जनाएको छ ।
प्रकाशित मिति : २०८० माघ ९ गते मंगलबार