सुर्खेत । कप्तान विनोद भण्डारी र बसिर अहमदको शतकीय साझेदारीमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशसामु २ सय ८० रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णाली प्रदेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा २ सय ७९ रनको योगफल तयार पारेको हो। छैटौँ विकेटका लागि कप्तान विनोद भण्डारी र बसिर अहमदले १ सय ७९ रनको अविजित साझेदारी गरे। कप्तान भण्डारीले इनिङ्सको अन्तिम बलमा शतक पूरा गरे।
१ सय ३२ बलको सामना गरेका भण्डारीले ६ चौका र ३ छक्का प्रहार गर्दै १ सय रनमा नटआउट रहे। ९२ बलमा १२ चौका र १ छक्का हानेका असिर अहमद ९८ रनमा अविजित रहे। भीम सार्की २५ रनमा बोल्ड आउट भए।
कुशल मल्लले २१ र सन्तोष कार्कीले ११ रन बनाउँदै रन बनाउँदै पेभेलियन फर्के। ओपनर इमरान शेखले ५ रन बनाए। कर्णालीका लागि दिपेन्द्र रावतले २ विकेट लिए। प्रकाश जैसी र दिनेश अधिकारीको नाममा समान एक विकेट रह्यो।