
सुर्खेत । सुर्खेतकाे वीरेन्द्रनगर–११, धुलियाबिटबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा साेही ठाउँ बस्ने वर्ष १६ का सरोज परियार रहेका छन् । उनलाई प्रहरी चौकी सुब्बाकुना सुर्खेतबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
शिव माध्यामिक विद्यालय नजिकैको सडकमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा उनलाई फेलापारी शरिर खानतलासी गर्दा उनको साथबाट शुद्ध तौल ५० मिलिग्राम लागुऔषध ब्राउनसगुर जस्तो धुलो पदार्थ फेलापारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । हाल उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहको छ ।