दुई वर्षभित्र कर्णालीमा पूर्ण विद्युतीकरण : मन्त्री बुढा

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता २० श्रावण २०८१, आईतवार १६:३४


सुर्खेत। कर्णाली प्रदेशकी जलस्रोत तथा उर्जा विकास मन्त्री विजया बुढाले आगामी दुई वर्षभित्र कर्णालीमा पूर्ण विद्युतीकरण गर्ने बताएकी छन् । आइतबार पदभार ग्रहण गर्दै मन्त्री बुढाले हाल कर्णालीका ८३. १३ प्रतिशत घरधुरीमा विद्युतीकरण पुगेको बताउँदै आगामी दुई वर्षभित्र त्यसलाई शतप्रतिशतमा पुर्‍याइने बताइन् ।

‘दिगो विकास लक्ष्य–२०३० तथा संघीय सरकारले पनि दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने लक्ष्य लिएको छ,’ मन्त्री बुढाले भनिन्, ‘उक्त लक्ष्य प्राप्तिका लागि प्रदेश सरकार आवश्यक रणनीति र कार्ययोजनासहित अघि बढ्छ ।’ उनले दुई वर्षभित्र कर्णालीलाई पूर्ण विद्युतीकरणका लागि कर्णाली जलविद्युत कार्ययोजना–२०८१ तयार गरेर लागू गरिने बताइन् ।

‘सौर्य मिनी ग्रीड आयोजना, लघु तथा साना जलविद्युत आयोजना निर्माण तथा पुनस्थापना र घरायसी सौर्य उर्जा प्रविधिजस्ता भौगोलिक बनावट अनुकूल आयोजनाहरु कार्यान्वजयन गरिनेछ,’ मन्त्री बुढाले भनिन्, ‘उक्त कार्ययोजना कार्यान्वयनका लागि तीन तहका सरकार र संवद्ध विकास साझेदारहरुसँग समन्वय र सहकार्यलाई निरन्तरता दिइनेछ ।’

Next Post

दशौं राष्ट्रिय खेलकुदका लागि बजेट माग

२० श्रावण २०८१, आईतवार १६:३४
सुर्खेत । कर्णाली प्रदेश सरकारका नवनियुक्त सामाजिक विकास मन्त्री माननीय घनश्याम भण्डारी पदभार ग्रहण गरेका छन्। आईतबार प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको सपथ लिए सँगै पदभार ग्रहण गरेका हुन्। यसैक्रममा मन्त्री भण्डारीले दुई ओटा निर्णय गरेका छन् । आगामी मंसिरमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक बजेट […]

सम्बन्धित समाचार

May 2025
M T W T F S S
 1234
567891011
12131415161718
19202122232425
262728293031