२०८३ वैशाख २८ , सोमबार

नागरिकले अपनत्व लिने गरी कार्यक्रम तय गर्न मुख्यमन्त्री कँडेलको आग्रह



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास साझेदार संस्थाहरूलाई नागरिकले अपनत्व लिनेगरी सहयोगका प्राथमिकता निर्धारण गर्न सुझाव दिएका छन् ।

सयुंक्त राष्ट्र संघ विकास कार्यक्रमको नेपालस्थित राष्ट्रिय आवसिय प्रतिनिधि क्योको योकोसुदासँग बुधबार आफ्नै कार्यकक्षमा छलफल गर्दे मुख्यमन्त्री कँडेलले दातृ निकायहरूबाट ठूलो मात्रामा सहयोग भइरहेको तर त्यस्तो सहयोगले अपेक्षित परिणाम हासिल नभएको भन्दै सहयोगका प्राथमिकतालाई निर्धारण गर्दा नागरिकले अपनत्व लिनेगरी निर्धारण गर्न सुझाव दिएका हुन् ।

कतिपय विकास साझेदार संस्थाले तल्लो तहको आधारभूत आवश्कताभन्दा केन्द्रमा बसेर कार्यक्रम तोक्ने गरेको जनस्तरबाट गुनासाहरू आएको बताउँदै मुख्यमन्त्री कँडेलले आवासीय प्रतिनिधि योकोसुदालाई जनप्रतिनिधि निकायसँग समन्वय गरेर कार्यक्रमका प्राथमिकता तोक्न सुझावसमेत दिए ।

मुख्यमन्त्री कँडेलले अशिक्षा र चेतनाको अभावले विगतमा अधिकारमुखी कार्यक्रमहरूमा विकास साझेदार संस्थाहरूको प्राथमिकता भए पनि अब अधिकारमुखी कार्यक्रमलाई भन्दा पूर्वाधार विकासमा सहयोग बढाउन आग्रह गरे ।

प्रकाशित मिति : २०८१ मंसिर १९ गते बुधबार