२०८२ फागुन १ , शुक्रबार

गाउँपालिका कार्यालयमा आगलागी



काठमाडौँ । सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी भएको छ । आज दिउँसो करिब एक बजे लागेको आगोले कार्यालयको माथिल्लो तलामा आगो लागेको हो । माथिल्लो तलामा भान्छा थियो । आगलागीको कारण खुलेको छैन ।

तर विद्युत् सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान छ । हावा अहिले पनि चलिरहेकाले नजिकैको बस्तीमा आगो फैलिन नदिन स्थानीय, जनप्रतिनिधि र स्थानीय प्रहरी परिचालित भएका छन् । तर गाउँपालिकामा दमकल नहुँदा आगो निभाउन समस्या भएको छ ।

प्रकाशित मिति : २०८१ फागुन १८ गते आइतबार