२०८३ वैशाख २७ , आइतबार

भेरी नदीमा डुबेर बेपत्ता भएका प्रेमको शव तीन दिनपछि फेला



सुर्खेत । सुर्खेतको गूर्भाकोट नगरपालिकाको भेरी नदीमा डुबेर बेपत्ता भएका गुर्भाकोट नगरपालिका–१३ का प्रेम बहादुर रानाको शव फेला परेको छ । बिहीवार बेलुका करिब ८ बजे घुमखहरेस्थित भेरी नदीमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका रानाको शव शनिवार दिउँसो लेकवेशी नगरपालिका-१ को छोटेमा फेला परेको हो ।

रानाको शव माछाको जालमा बेरिएर पानीमा डुबिरहेको अवस्थामा चिप्ले प्रहरीले फेला पारेको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक पदम खत्रीले खबरदृष्टिलाई जानकारी दिए ।

प्रकाशित मिति : २०८२ जेठ १० गते शनिबार