२०८३ वैशाख २७ , आइतबार

वीरेन्द्रनगरमा विभिन्न पार्टी परित्याग गरी ६५ जना एमालेमा प्रवेश



सुर्खेत । वीरेन्द्रनगरमा विभिन्न पार्टी परित्याग गरी ६५ जनाले नेकपा एमालेमा प्रवेश गरेका छन् । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० मा आईतवार नेकपा एमालेको मिसन ग्रासरुट कार्यक्रममा नेकपा माओवादी र नेपाली काग्रेस पार्टीको परीत्याग गरी ६५ जनाले नेकपा एमालेमा प्रवेश गरेका हुन् । केन्द्रमा भएको पार्टीको अस्थिरतका कारण उनीहरुले नेपाली कांग्रेस र माओवादीलाई परीत्याग गरी एमालेमा प्रवेश गरेको नेकपा एमालेकी कर्णाली प्रदेश कमिटी सदस्य पदमा खड्काले जानकारी दिईन् । उनीहरुलाई सदस्य खड्काले माला तथा अबिर लगाएर एमालेमा प्रवेश गराएकी हुन् । उनका अनुसार विभिन्न पार्टी परित्याग गरी ६५ जना नेकपा एमालेमा प्रवेश पछिल्लो समयमा कर्णाली प्रदेशमा मिसन ग्रासरुट कार्यक्रममा नेकपा एमालेमा प्रवेश गर्नेहरुको संख्या बढ्दै गएको छ ।

माओवादी र काग्रेस पार्टी परीत्याग गरी एमालेमा प्रवेश गरेका जनताहरुले वर्तमान सरकार कुपोषण लागेको सरकार भएको बताउँदै यस सरकारबाट जनताले कुनै आशा गर्न नहुँने बताएका छन् ।माधव नेपाल, प्रचण्ड र शेरबहादुर देउवाको साठ गाँठलाई मापसे सरकारको संज्ञा दिदै वर्तमानको सरकारले जनताको मनोभावनाको प्रतिनिधीत्व गर्न नसक्ने उनीहरुको भनाई थियो । खड्काले वीरेन्द्रनगरमा जस्तै देशै भरी नेकपा एमाले नैं सहि हो भन्दै पार्टी प्रवेश गर्नेको लहर चलिरहेको दाबी गरीन् । दैनिकि ठुलो संख्यामा एमालेमा प्रवेश गर्ने लर्काे लागेपछि माओवादी र कांग्रेसमामा निरासा थपिदै गएको छ ।

No photo description available.No photo description available.

प्रकाशित मिति : २०७९ फागुन २१ गते आइतबार