२०८३ वैशाख २७ , आइतबार

सुर्खेतका तीन वटा क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी



सुर्खेत । त्रिभुवन विश्वविद्यालय अन्तरगत सुर्खेतका तीन वटा क्याम्पसमा एमाले निकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । सिम्ता गाउँपालिकामा रहेको सिम्ता बहुमुखी क्याम्पसमा अनेरास्ववियुका घनश्याम रेग्मी, वीरेन्द्रनगरको अमरदीप क्याम्पसमा अनुपम ढकाल र भेरीगंगाको हिम शिखर बहुमुखी क्याम्पस रामघाटकी सिर्जना रसायलीको नेतृत्वमा पुरै प्यानल विजयी भएको हो । यता, सुर्खेत बहुमुखी क्याम्पसको मतदान सम्पन्न भएको छ । मतगणना भोलि मात्र हुने क्याम्पस प्रमुख माधव खनालले जानकारी दिए । यहाँ करिब ३ हजार ८ सय २३ मतदाता रहेकोमा १ हजार ६ सय ८१ मत खसेको छ ।

प्रकाशित मिति : २०७९ चैत ५ गते आइतबार