
तीन जना मन्त्री
सुर्खेत । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ। कांग्रेसले तीन जना मन्त्रीको नाम मुख्यमन्त्री राजकुमार शर्मालाई मंगलबार बुझाएको हो । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सुर्खेत–१ ‘क’बाट निर्वाचित सांसद खड्कबहादुर पोखरेल, जाजरकोट ‘क’बाट निर्वाचित बेदराज सिंह र दैलेख-१ ‘क’बाट निर्वाचित सांसद कृष्णकुमार बिसीलाई मन्त्रीका लागि सिफारिस गरेका हुन्।
पोखरेल सामाजिक विकासमन्त्री, सिंह आर्थिक मामिला तथा योजना मन्त्री र बिसी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री हुनेछन्। कांग्रेस र माओवादी केन्द्रबिच भएको सहमति अनुसार सरकारको नेतृत्व आधा-आधा कार्यकाल गर्ने, २०७८ वैशाखमा भएको सहमति अनुसार मन्त्रालयको संख्या मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आठ कायम गर्ने सहमति भएको थियो।
प्रकाशित मिति : २०८० वैशाख ५ गते मंगलबार