२०८३ वैशाख २७ , आइतबार

सल्यानमा सुत्केरी महिलाको अत्यधिक रक्तस्रावले मृत्यु



सल्यान । सल्यानमा एक सुत्केरी महिलाको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको छ । कुमाख गाउँपालिका–५ कालागाउँकी ३० वर्षीया एक महिने सुत्केरी गीता विकको मृत्यु भएको हो ।

 

विकलाई उपचारको लागि सल्यान जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको सल्यान जिल्ला अस्पतालका इन्चार्ज डाक्टर अभिषेक सिंहले जानकारी दिए ।उनका अनुसार विक एक महिनाअघि स्थानीय स्वास्थ्य चौकीमा सुत्केरी भएकी थिइन्।

 

१५ दिनअघि रक्तस्राव भएपछि रगत चढाएपछि केही ठिक भएकी गीतालाई केही दिनदेखि पुनर रक्तस्राव भएको र समयमै अस्पताल पु¥याउन नसकेकै कारण मृत्यु भएको डा. सिंहको भनाइ छ ।

प्रकाशित मिति : २०८० वैशाख १५ गते शुक्रबार