
जुम्ला । पूर्वराजा ज्ञानेन्द्र शाहको आज जुम्लामा हुने भनिएको नागरिक अभिनन्दन स्थगित भएको छ । मौसम खराबका कारण जहाज उड्न नसकेपछि अन्तिम समयमा कार्यक्रम स्थगित गरिएको हो ।
पूर्वराजाका संवाद सचिव फणिन्द्र पाठकले मौसम प्रतिकूलताका कारण जहाज उड्न नसक्दा जुम्लाको भ्रमण बाध्यतावशः स्थगित हुन गएको जानकारी दिए । कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमण र नागरिक अभिनन्दन थाप्न शुक्रबार सपरिवार बाँके पुगेका थिए ।
आज जुम्लाको सदरमुकाम खलङ्गा पुगेर नागरिक अभिनन्दनमा सहभागी हुने तयारी गरेका उनले अन्तिममा आएर अभिनन्दन स्थगित भएपछि नेपालगञ्जमै बस्नेपरेको बताईएको छ ।

प्रकाशित मिति : २०८० वैशाख १७ गते आइतबार