गणतन्त्र दिवसले सबैलाई अघि बढ्नमा प्रेरित गर्ने छ : प्रदेश प्रमुख परियार

खबर दृष्टि
खबरदृष्टि १५ जेष्ठ २०८०, सोमबार १२:३७

सुर्खेत । कर्णालीका प्रदेश प्रमुख तिलक परियारले गणतन्त्र दिवसले हिमाल, पहाड, मधेश, तराई वीचको जनएकता र राष्ट्रिय सहमति कायम गरी अघि बढ्न सबैमा प्रेरित गर्ने विश्वास लिएका छन् । १६ औँ गणतन्त्र दिवसको शुभकामना सन्देश दिँदै प्रदेश प्रमुख परियारले गणतन्त्र जगमा प्राप्त अधिकारको रक्षा, प्रयोग र थप विकास गर्दे अघि बढ्नु आजको आवश्यकता रहेको बताएका छन् ।

उनले बेपत्ता योद्धाहरूको उच्च सम्मान र घाइते अपाङ्ग योद्धाहरूको सम्मान एवं जेलमुक्तिको कामना समेत गरेका छन् । झण्डै अढाई सय वर्ष पुरानो हिन्दु एकात्मक सामन्ती राजतन्त्रात्मक राज्यव्यवस्थाको अन्त्य गरी गणतन्त्र, संघीयता,धर्मनिरपेक्षता,समानुपातिक समावेशी सहितको लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न दश वर्षे जनयुद्ध, १९ दिने जनआन्दोलन भएको अवगत उनले गराएका छन् ।

शुभकामना सन्देशमा भनिएको छ ,‘ कर्णाली प्रदेशका सम्पुर्ण जनसमुदाय लगायत स्वदेश र विदेशमा रहनुभएका नेपाली आमाबुबा दिदीबहिनी–दाजुभाईहरूमा सामाजिक न्याय,सुशासन,समृद्धि प्राप्त गरी उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । झण्डै अढाइ सय बर्ष पुरानो हिन्दु एकात्मक सामन्ती राजतन्त्रात्मक राज्यव्यवस्थाको अन्त्य गरी गणतन्त्र,संघियता,धर्मनिरपेक्षता, समानुपातिक समावेशी सहितको लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न दश वर्षे जनयुद्ध, १९ दिने जनआन्दोलन भएको अवगतै छ ।

देशमा विद्यमान जाति,जनजाति,महिला दलित, मधेसी उपक्षित क्षेत्रका उत्पीडित जनसमुदाय लगायतको मुक्ति संघर्ष र बलिदानको उच्च सम्मान गर्दै,आफनो अमुल्य जीवन वलिदान गर्ने महान शहिदहरु प्रति हार्दिक श्रदाञ्जलि अर्पण गर्दछु । बेपत्ता योद्धाहरुको उच्च सम्मान र घाइते अपाङ्ग योद्धाहरुको सम्मान एवं जेलमुक्तिको कामना गर्दछु ।

करोडौं नेपालीहरुको त्याग,वलिदान र सक्रिय सहभागीताबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्न सात राजनैतिक दल र माओवादी विद्रोही विचको १२ बु“दे सहमति, वृहत शान्ति सम्झौताको आधारमा अन्तरिम संविधान, दुई–दुई पटक संविधानसभाको निर्वाचनबाट नेपाली जनताको अधिकार नेपालको संविधान–२०७२ ले संस्थागत गरेको छ ।

यी अधिकारको रक्षा,प्रयोग र थप विकास गर्दे अघि बढनु आजको आवश्यक्ता रहेको छ । यसका लागी हिमाल, ,पहाड,मधेश,तराई वीचको जनएकता र राष्ट्रिय सहमति कायम गरी अघि बढ्न यस दिवसले प्रेरित गरोस भन्ने अपेक्षा गर्दछु ।

अन्तमा‚ नेपाली जनतालाई संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाद्धारा राष्ट्रिय एकता,भौगोलिक अखण्डता, सार्वभौमसत्ता,स्वाधिनता अझ सुदृढ गर्दै संबिधानले परिकल्पना गरेको समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने उर्जा मिलोस भन्ने शुभेच्छा सहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

No description available.

Next Post

धावा बोल्नेहरुलाई डाँडा कटाउनु पर्छ : मुख्यमन्त्री शर्मा

१५ जेष्ठ २०८०, सोमबार १२:३७
सुर्खेत ।  कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले गणतन्त्रमाथि धावा बोल्नेहरुलाई डाँडा कटाउनु पर्ने चेतावानी दिएका छन् । प्रदेश सरकारको आयोजनामा भएको १६ औँ गणतन्त्र दिवस कार्यक्रममा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् । यसअघि शनिबार पूर्व राजा शाह सुर्खेत आएर गरेको सम्बोधनको विषयप्रति संकेत गर्दै मुख्यमन्त्री शर्माले गणतन्त्रमाथि धावा बोल्नेहरुलाई […]
October 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031