मुसिकोटमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

खबरदृष्टि सम्वाददाता २० जेष्ठ २०८०, शनिबार १७:२४

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं १४ को श्री प्रभात माध्यामिक विद्यालयमा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । मुसिकोट नगरपालिका र मानव विकास तथा सामुदायिक सेवाअन्तर्गत चौरजहारी अस्पताल र मेहर परियोजनाको संयुक्त आयोजना तथा आर्थिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

शिविरमा चौरजहारी अस्पतालका प्रशासक डिलबहादुर गिरी र हाडजोर्नी विशेषज्ञ डाक्टर निम्रोद सुब्बासहित १८ जना स्वास्थकर्मीको टोली खटिएको परियोजना संयोजक बासुदेव सापकोटाले बताए ।

उक्त शिविरबाट भिडियो एक्सरे, रक्त समूह जाँच, गर्भ जाँच, नाक, कान, घाँटी, तल्लो पेट दुख्ने, ज्वरो, रुघाखोकीजस्ता विभिन्न समस्या भएका ३ सय ६० जना महिला र २ सय १ जना पुरुष गरी जम्मा ५ सय ६१ जनाले सेवा लिएको चौरजहारी अस्पतालका मेडिकल निर्देशक एवम् हाडजोर्नी विशेषज्ञ डा निम्रोद सुब्बाले जानकारी दिए ।

जटिल समस्या भएकाहरुलाई भने अस्पताल रिफर गरिएको उनले बताए । साथै शिविरबाट १२ जना अपाङ्गता भएका व्यक्तिहरुले पनि सेवा लिएका थिए ।

Next Post

मुसिकोट १२ को १ वर्षको प्रगति विवरण सार्वजनिक

२० जेष्ठ २०८०, शनिबार १७:२४
रुकुम पश्चिम । मुसिकोट नगरपालिका वडा नम्बर १२ ले १ वर्षको प्रगति विवरण सार्वजनिक गरेको छ । नयाँ जनप्रतिनिधि निर्वाचित भएदेखि १ वर्षको अवधिमा वडाले गरेका विभिन्न प्रगति विवरण सार्वजनिक गरेको हो । वडाले १ वर्षको अवधिमा २ हजार २ सय ३० जना वडावासीलाई विभिन्न सेवा प्रदान गरेको छ । […]
January 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031