मुसिकोट १२ को १ वर्षको प्रगति विवरण सार्वजनिक

६ किलोमिटर सडक स्तरोन्नति

खबरदृष्टि २० जेष्ठ २०८०, शनिबार १७:४१

रुकुम पश्चिम । मुसिकोट नगरपालिका वडा नम्बर १२ ले १ वर्षको प्रगति विवरण सार्वजनिक गरेको छ । नयाँ जनप्रतिनिधि निर्वाचित भएदेखि १ वर्षको अवधिमा वडाले गरेका विभिन्न प्रगति विवरण सार्वजनिक गरेको हो । वडाले १ वर्षको अवधिमा २ हजार २ सय ३० जना वडावासीलाई विभिन्न सेवा प्रदान गरेको छ ।

नयाँ जनप्रतिनिधि निर्वाचित भएको एक वर्षको अवधिमा वडा भित्र ६ किलोमिटर सडकको स्तरोन्नति गरिएको प्रगति विवरण उल्लेख छ ।
वडाले ३ किलोमिटर नयाँ सडक निर्माण गर्नुका साथै १ दशमलव ६ किलोमिटर पिसीसी गोरेटो बाटो, र ६ दशमलव ५ किलोमिटर गोरेटो बाटो निर्माण गरेको छ । यो अवधिमा १ सय ९० घरधुरीमा खानेपानी पुर्याउन सफल भएको वडाध्यक्ष धिरन शिर्पालीले बताए ।

उनका अनुसार १ वर्षमा ९१ घरधुरीलाई सिँचाईको सुविधा पुर्याइएको छ । शैक्षिक पुर्वाधार अन्तर्गत ११ वटा पक्की कक्षा कोठा भएका ४ वटा विद्यालय भवन निर्माण भएको अध्यक्ष शिर्पालीको भनाई छ ।चार वटा सामुदायिक भवन, चार वटा सार्वजनिक शौचालय, दुई वटा मन्दिर पनि निर्माण गरिएको छ ।

त्यस्तै वडाध्यक्षको सेवा सुविधाबाट सुत्केरीलाई स्याहार खर्च र दीर्घ रोगीलाई स्वास्थ्य बीमा पनि गरिएको छ । वडाध्यक्ष शिर्पालीका अनुसार १ बर्षको अवधिमा ३१ जना सुत्केरीलाई ३ हजारका दरले सुत्केरी स्याहार खर्च उपलब्ध गराइनुका साथै एक जना मृगौला पीडित र एक जना मुटु रोगिलाई ३ हजार ५ सयका दरले स्वास्थ्य बीमा गरिएको छ ।

यसका अतिरिक्त वडाले १७ जना मुटु, मृगौला तथा दिर्घरोगीलाई स्वास्थ्य बीमा, कृषि तथा पशुपालनको लागि बीउ बितरण र बीमाको व्यवस्था गरेको १ वर्षको प्रगति विवरणमा उल्लेख छ । वडाले ४७ जना जेष्ठ नागरिक, सहिद तथा विपन्न परिवारलाई सम्मान समेत गरेको छ । यसैविच वडाले यो अवधिमा २ लाख ७९ हजार ४ सय ६८ रुपैयाँ राजस्व संकलन गरेको वडाध्यक्ष शिर्पालीले बताए ।

Next Post

सल्यानमा आगलागी हुँदा चार लाख बराबरको क्षति

२० जेष्ठ २०८०, शनिबार १७:४१
सल्यान । सल्यानमा आगलागी हुँदा चार लाख बराबरको क्षति भएको छ । सल्यान कपुरकोट गाउँपालिका–३ फलाटेमा दुई घरमा बिजुलीको तार सर्ट हुँदा चार लाख बराबरको क्षति भएको हो ।  फलाटेका ५५ वर्षीय सेते डाँगीको फुसले छाएको दुई कोठे घर र ३५ वर्षीय कृष्ण खत्रीको गोठ जलेर पूर्ण रूपमा नष्ट भएको […]
December 2024
M T W T F S S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031