नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सुर्खेतमा अनेरास्ववियुको प्रदर्शन

खबरदृष्टि सम्वाददाता २० जेष्ठ २०८०, शनिबार २१:३९

सुर्खेत । नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु सुर्खेतले विरोध जनाएको छ । नागरिकता विधेयक खारेजीको माग गर्दै अनेरास्ववियु मध्यपश्चिम विश्व विद्यालय केन्द्रीय क्याम्पसको अगुवाइमा अनेरास्ववियु सुर्खेत बहुमुखी क्याम्पस र अनेरास्ववियु सुर्खेतले वीरेन्द्रनगरमा विरोध जनाएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको हित विपरीतको नागरिकता विधेयक अघि सारेको र विधेयक प्रमाणीकरण गरेको भन्दै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला समेत जलाएका छन् भने राँके जुलुस समेत निकालेका छन् ।

वीरेन्द्रनगर बजारमा राँके जुलुस सहितको ¥यालीले नागरिकता विधेयक खारेज गर्न माग गरेको अनेरास्ववियुका निकुञ्ज पाण्डेले जानकारी दिए । उनका अनुसार विरोध प्रदर्शनका क्रममा राष्ट्रको हित विपरीत विधेयक ल्याइएको विरोधमा कार्यक्रमहरू गरिएको बताए ।

Next Post

यार्सा टिप्न गएका जाजरकोटका एक जनाको मृत्यु

२० जेष्ठ २०८०, शनिबार २१:३९
डोल्पा । हिमाली जिल्ला डोल्पामा यार्सा टिप्न गएका जाजरकोटका एक पुरुषको मृत्यु भएको छ । जाजरकोट बारेकोट गाउँपालिका–८ जुगेनाका अन्दाजी ३९ वर्षीय जंगबहादुर भुलको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार उनी गत वैशाख २२ गतेदेखि यार्सा टिप्न डोल्पोबुद्ध गाउँपालिका– ३ तास्कीको थाङबुचे पाटनमा थिए । शुक्रबार उनलाई […]
October 2024
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
28293031