२०८३ वैशाख २७ , आइतबार

ढुकुरलाई हानेको गोली लागेर एकजनाको मृत्यु



कालिकोट । कालिकोटमा गोली लागेर एकजनाको मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिका वडा नम्बर ५ रुप्साकी १७ वर्षीया एलीसा सहकारीको गोली लागेर मृत्यु भएको हो । बारीमा मकै गोड्दै गर्दा स्थानीय एक शिकारीले ढुकुरलाई हानेको गाली लागेर उनी गम्भीर घाइते भएकी थिइन् ।

घाइते भएकी उनको प्राथमिक स्वास्थ्य चौकी कुमालगाउँमा उपचार सम्भव नभएपछि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको थियो । उनको आइतवार उपचारका क्रममा मृत्यु भएको हो ।

मृतक एलीसाको आइतवार पोष्टमार्टम गरी अन्त्येष्टी गरिएको छ । उनी कक्षा १० मा अध्ययनरत थिइन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

प्रकाशित मिति : २०८० जेठ २१ गते आइतबार