२०८३ वैशाख २७ , आइतबार

मन्त्रिपरिषद् बैठकबाट कर्णाली सरकारको बजेट अनुमोदन



सुर्खेत । कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को बजेट मन्त्रिपरिषदबाट अनुमोदन गरिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट अनुमोदन गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।

आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले शुक्रबार बस्ने प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्नेछन् । बजेट प्रस्तुत गर्न प्रदेशसभा बैठक ३ बजेका लागि आह्वान गरिएको छ । बजेट चालु आर्थिक वर्षकै हाराहारीमा आउने बताइएको छ ।

प्रकाशित मिति : २०८० असार १ गते शुक्रबार