घरबाट भाउजूले निकाला गरेपछि दाजुभाइ पुगे कार्मारोङको एक विद्यालयमा 

खबरदृष्टि सम्वाददाता २५ असार २०८०, सोमबार १४:०२
रबि हमाल, मुगु । आफ्नै घरबाट घर निकाला भएपछि जुम्ला जिल्लाबाट दुई दाजुभाइ मुगु जिल्लाको कार्माराङ गाउँपालिका वडा नं ३ मा रहेको नेपाल राष्ट्रिय आधारभूत आवासीय विद्यालयमा ताखा पुगेका छन् । जुम्लाको चौधबिस घर भएका दुई दाजुभाइ १७ वर्षका धर्मेन्द्र बुढा र ११ वर्षका दिनेश बुढा घरबाट निस्केपछि काम खोज्दै उक्त स्थानमा पुगेका हुन ।
आफ्नो घरमा सात दाजुभाइ र पाँच भाउजूहरू छन् । दाजुहरू सबै कमाउन छिमेकी देश भारत गएको र यही मौकामा घरमा भाउजूले सम्पत्ति बाडफाड गरी घरबाट निकाले पछि आफू दुई दाजुभाइ काम खोज्दै यहाँ सम्म पुग्दा बाटोमा धेरै दुख भोग्नु परेको ११ वर्षका दिनेशले बताए । उनले एक छाक खाना खान  आफ्नो दाइले भोको पेटमा मोबाइल समेत बेचेर खाना खाएको दुखेसो पोखे ।
उनी भन्छन् “घरबाट हामी कहाँ जाने के गर्ने केही थाहा थिएन बाटोमा पनि हामी अलपत्र भएका थियौ, काम खोज्दै आउँदा कसैले काम दिएनन्, हामी त मुगुको कार्मारोङ पुगेका रहेछौ एक जना लामा दाइले आवासीय विद्यालय सम्मको बाटो सिकाए पछि हामी यता आयौ ”दाजु भाउजूले आफूहरूलाई घरबाट निकालेको बताउँदै धर्मेन्द्रले अहिले भाइको सम्पूर्ण जिम्मा विद्यालयले लिएको बताए ।
उनले आफूलाई समेत बास बस्न र छाक टार्न खाना मिलेको भन्दै खुसी भएको जानकारी दिए । उनले आफू लेभरी काम गरेर दिनमा ८ सय देखि ११ सय सम्म रकम कमाउने गरेको बताए । कमाएको रकम बचत गरेर भाइलाई पढाउने बताउँदै उनले आफूले पढ्न पाइन दुख गरेर भाइलाई पढाएर भाइको सपना पुरा गर्ने बताए ।
आवासीय विद्यालयमा पुगेका दुई दाजुभाइको पिडा बुझ्दा आफूलाई धेरै दुख लागेको विद्यालयका प्रधानाध्यापक कुशल बहादुर शाहीले बताए । उनकाअनुसार अहिले ११ वर्षका दिनेश कक्षा चारमा अध्ययन गरिरहेको छन् ।
प्रधानाध्यापक शाहीले दिनेशको इच्छा अनुसार यहाँ बस्ने बेलासम्म र उनले उच्च शिक्षा गर्न चाहेमा अध्यापन गराउने सम्पूर्ण जिम्मेवारी विद्यालयले लिने जानकारी दिए । उनलाई कुनै पनि कुराको कमी हुन नदिने विद्यालयले जनाएको छ । दिनेश बुढा कक्षा ४ मा पढ्दै छन् भने उनका दाइ धर्मेन्द्र सोही गाउँपालिकाका विभिन्न ठाउँमा भएका योजनाका काम गर्दै छन् ।

Next Post

तीन जना पत्रकारलाई कर्णाली प्रदेश पत्रकारिता पुरस्कार

२५ असार २०८०, सोमबार १४:०२
सुर्खेत । कर्णाली प्रदेश पत्रकारिता पुरस्कार–२०८० तीन पत्रकारलाई प्रदान गरिने भएको छ । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पुरस्कारका लागि आइतबार तीन पत्रकारको नाम प्रकाशन प्रकाशन गरेको छ । कर्णाली प्रदेश पत्रकारिता पुरस्कार वितरण कार्यविधि–२०८० बमोजिम मन्त्रालयले १५ असार मा पुरस्कारका लागि आवेदनको आह्वान गर्दै सूचना निकालेको थियो […]
December 2024
M T W T F S S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031